२०८३, २ आश्विन शनिबार

पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : उपप्रम पोखरेल

पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : उपप्रम पोखरेल


काठमाडौँ, ९ मङ्सिर : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आज बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन गर्नुहुँदै उहाँले सार्क र बिम्स्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले हाल राष्ट्रपति र उपराष्ट्रपतिलाई खरीद गर्न लागेको साधनका बारेमा नकारात्मक टिप्पणी गरेको बताउनुभयो ।

“महाराजगञ्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्न २० वर्षअघि नै ७०० रोपनी जग्गा खरीद भइसकेको थियो, त्यसलाई सञ्चारमाध्यमले अहिले नै भए जसरी प्रचारप्रसार गरेका छन्”, उहाँले भन्नुभयो । कलेजले १५ वर्षअघिदेखि शुरु गरेको पत्रकारिता विश्वविद्यालय स्थापनाका लागि सरकारले नीतिगत व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री पोखरेलले जनाउनुभयो । वार्षिक एक लाख भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेशिने गरेकाले सरकारले प्राविधिक र रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्न लागेको जानकारी पनि उहाँले गराउनुभयो ।

राष्ट्रियसभाकी सांसद कोमल ओलीले सांसद, मन्त्री, कर्मचारीलगायत जोसुकैले गल्ती गरे पनि पत्रकारिता जगत्ले खबरदारी गर्नुपर्ने बताउनुभयो । “सञ्चारजगत्ले सरकारका कमीकमजोरी लेख्ने तर उद्योगपतिले कर नतिरेको समाचार विज्ञापनको स्रोत बन्द हुन्छ भन्ने भयले नलेख्ने गर्नुहुँदैन, पत्रकारले समाचार लेख्दैमा के–के न हुन्छ भन्ने भयबाट कोही पनि डराउनुहुँदैन”, कलेजमा पत्रकारितामा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत उहाँले भन्नुभयो ।

राजनीति गर्नेले स्पष्ट र इमान्दार हुनुपर्ने सांसद ओलीको भनाइ थियो । कलेजकी संस्थापक क्याम्पस प्रमुख डा मञ्जु मिश्रले सन् २००१ जनवरीदेखि अध्यापन शुरु भएको कलेजलाई आमसञ्चार विश्वविद्यालयका रुपमा विकास गर्ने पूर्वाधार तयार पारेको बताउनुभयो । निजी क्षेत्रलाई समेत विश्वविद्यालय खोल्ने गरी नीति निर्माण गर्न उहाँले माग गर्नुभयो । सात रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा छ तल्ला र ३४ कोठा छन् । कलेजका लागि चीन र नर्वेले पत्रकारितालाई उपयोगी हुने उपकरण उपलब्ध गराएको जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ५ : २६ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै