२०८३, ३१ जेष्ठ सोमबार

सरकारको समृद्धिको नारालाई सबैले मिलेर पूरा गर्नुपर्छः मन्त्री ढुङ्गेल

सरकारको समृद्धिको नारालाई सबैले मिलेर पूरा गर्नुपर्छः मन्त्री ढुङ्गेल


रामेछाप, ८ मङ्सिर : प्रदेश नं ३ का आर्थिक मामिला एवं योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारले ल्याएको समृद्धिको नारालाई सबैले मिलेर पूरा गर्नुपर्ने बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापको नवौँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनको आज मन्थलीमा उद्घाटन गर्दै उहाँले सरकारले गल्ती गरेको भए औँल्याइदिन र राम्रा कामलाई बोकेर हिँड्न सबैमा आग्रह गर्नुभयो ।

मन्त्री ढुङ्गेलले दुई तिहाइको वर्तमान सरकार समृद्ध नेपाल खुशी नेपालीको सङ्कल्पका साथ अगाडि बढिरहेको चर्चा गर्दै नेपालको लोकतान्त्रिक र सामाजिक आन्दोलनमा गैरसरकारी संस्थाले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यसैगरी मन्त्री ढुङ्गेलले रामेछाप र दोलखका जिल्ला हेर्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा स्थापना भएको कृषि ज्ञान केन्द्रको आज उद्घाटन गर्दै कृषिमा अब व्यवसायीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

फलफूल, तरकारी र मसला बालीमा जोड दिनुपर्ने बताउँदै उहाँले व्यावसायिक कृषिका योजनालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । केन्द्रका कार्यालय प्रमुख सूर्यप्रसाद बरालले रामेछापका ८ र दोलखाका ९ गरी १७ वटा स्थानीय तहलाई कार्यक्षेत्र बनाई स्थापना भएको केन्द्रमा १६ जना कर्मचारीको दरबन्दी भए पनि हालसम्म ८ जना कर्मचारीमात्र उपलब्ध भएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : ३८ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क