२०८३, १२ भाद्र शनिबार

खटाएको ठाउँमा नजानेलाई कडा कार्वाही हुन्छ : मन्त्री पण्डित

खटाएको ठाउँमा नजानेलाई कडा कार्वाही हुन्छ : मन्त्री पण्डित


भद्रपुर, ७ मङ्सिर: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा कडा कार्वाहीको गरिएको बताउनुभएको छ ।

झापाको भद्रपुरमा आज जिल्ला समन्वय समितिले आयोजना गरेको ‘स्थानीय सरकारका उपलब्धि र चुनौती’ विषयक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गर्दै मन्त्री पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई घर फर्किने बाटो खुल्ला गर्ने गरी कर्मचारी समायोजन अध्यादेश ल्याउन लागिएको छ भन्नुभयो । उहाँले गणतन्त्रमा कर्मचारीले झनै जनताको सेवामा समर्पित भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले चेकमा हस्ताक्षर गर्न पाएनौँ भनेर गुनासो गर्ने नगरपालिका र गाउँपालिकाका उपप्रमुख तथा वडाध्यक्षलाई पहिलेकै सिंहदरबारले जस्तो शासक बन्ने र मनलाग्दी गर्ने छुट कसैलाई नहुने भएकाले चेकमा हस्ताक्षर गर्ने रहर नगर्न सम्झाउनुभयो । मन्त्री पण्डितले जिल्ला समन्वय समितिको कोष फुकुवा गर्ने विषयमा सरकारले छिट्टै निर्णय गर्नेसमेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ९ : १८ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका