२०८३, ३ आश्विन आईतबार

‘नेमकिपा भक्तपुरको विकास विरोधी’:मन्त्री बस्नेत

‘नेमकिपा भक्तपुरको विकास विरोधी’:मन्त्री बस्नेत


भक्तपुर, ७ मङ्सिर : प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास विरोधी भएको आरोप लगाउनुभएको छ । आज भक्तपुरमा एभरेस्ट मिसन डट कमको दोस्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो, ३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध ग¥यो, अहिले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।”

सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष एवं आमसञ्चार डटकमका सम्पादक एवं सूर्यविनायक नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्र केसी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा (बजगाईं), नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी र एभरेस्ट मिसन डटकमकी व्यवस्थापन एवं राससकी फोटोग्राफर भगवती थापा क्षेत्रीलाई एभरेस्ट मिसन डटकमलाई पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मैना भण्डारीले देशको विकासलाई अगाडि बढाउने गरी विकास पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम निष्पक्ष भएर जान नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले सञ्चारमाध्यम निष्पक्ष भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष किरण पौडेल, नेकपाका गण्डकी प्रदेश सदस्य राजीव पहरी, अखिल क्रान्तिकारीका रञ्जित तामाङ, पत्रकार बबिता बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यद्वय सोम शर्मा (बजगाईं), नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, हनुमन्ते सफाइ अभियानका अभियन्ता रुद्र पौडेल, पत्रकार इन्द्रबहादुर रिजाल, मानव कल्याण सेवा घरकी सञ्चालिका सुुमित्रा चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ०७ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै