२०८३, २६ आश्विन मंगलबार

काठमाडौँदेखि लुम्बिनीसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’

काठमाडौँदेखि लुम्बिनीसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’


काठमाडौँ ५ मङ्सिर : अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई स्वदेशमा आकर्षित गरी कला र पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर १७ देखि २३ गतेसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म गरिने भएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आयोजना गर्ने महोत्सवमा १० मुलुकका ३५ कलाकारको सहभागिता रहनेछ । महोत्सवको पहिलो दिन नेपाल कला परिषद्मा उद्घाटन गरी औपचारिकता दिइनेछ भने १८ देखि २३ गतेसम्म लुम्बिनीमा कार्यशाला गरिनेछ ।

समाजका अध्यक्ष एनबी गुरुङले पछिल्लो समय विकास भएका विभिन्न प्रविधि तथा कला कौशलको यस क्षेत्रमा भइरहेको प्रयोगलाई अन्तर्राष्ट्रिय तहका कलाकारबाट अनुभव आदान प्रदान गर्न महोत्सवले सहयोग गर्ने जानकारी दिनुभयो । महोत्सवमा सहभागी हुने मुलुकका सम्बन्धित कलाकारले आ–आफ्नो देशमा नेपालका पर्यटकीयस्थल, सौन्दर्यस्थल, मनोरम दृश्यबारे जानकारी गराउन काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव गर्न लागिएको र यसले भ्रमण वर्षबारे प्रचार–प्रसार गरी पर्यटक अभिवृद्धि गर्ने उहाँले बताउनुभयो ।

नेपाल सांस्कृति संस्थान, नेपाल पर्यटन बोर्डलगायत संस्थाको समन्वयमा हुने उक्त महोत्सव करीब रु २५ लाखको लागतमा सम्पन्न गरिने आयोजकले जनाएको छ । महोत्सवले पर्यटनको विकास र यस क्षेत्रमा हुने सकारात्मक परिवर्तनमा भूमिका निर्वाह गरिने विश्वास राखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ९ : २६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल