२०८३, १८ भाद्र शुक्रबार

कराते टोली इण्डोनेशिया प्रस्थान

कराते टोली इण्डोनेशिया प्रस्थान


काठमाडौँ, ४ मङ्सिर : छैटौँ एशियाली गोजुरिया कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली आज इण्डोनेशियाको जकार्ता प्रस्थान गरेको छ । यही मङ्सिर ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा पासाङ रिन्जिन लामा, रामकुमार गिरी, चिरायु रिजाल, फुर्साङ वाइबा, बिमल थापा, सुजनकुमार पुरी, सञ्जु नगरकोटी, अमित थापा, अर्जुनकुमार गहतराज विक, सरु मानन्धर, विमलकुमार राई, करिना पुरी, कमल लामा वाइवा, प्रमिशकुमार सिंह, नवीन काउछा, गोर्खाराज लामा, विधान अधिकारी र दिलीप पुनले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा बलराम मित्र, अफिसियलमा चन्द्रप्रकाश घर्ती, ढाकाराम लामिछाने, राजेशबहादुर श्रेष्ठ र मुक्तिनाथ गुरुङ, व्यवस्थापकमा सुवास इटनी, सहायक व्यवस्थापकमा राजु अधिकारी र प्रशिक्षकमा विजय अधिकारी रहेका छन् । यस्तै टोलीमा विसनसिंह खड्का, सानुबाबु गिरी, प्रकाशकुमार चन्द, दीपक लामा, सानुकाजी नगरकोटी, रामकुमार श्रेष्ठ, वीरेन्द्रबहादुर शाही, डम्बरबहादुर शाही, पुष्पकुमार क्षेत्री र सन्दीप थापा छन् । विसनसिंहले प्रतियोगितामा भेट्रान एकल कातातर्फ पनि प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट र सदस्य उपेन्द्र पौडेलले आजै बिदाइ गर्नुभएको थियो । -रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ९ : ०३ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण