२०८३, ३ आश्विन आईतबार

महिला सशक्तीकरणका लागि हस्तकला

महिला सशक्तीकरणका लागि हस्तकला


काठमाडौँ, ३० कात्तिक:नेपाल कम्युनिष्ट पार्टीका नेता अष्टलक्ष्मी शाक्यले महिला सशक्तीकरणका लागि हस्तकला क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । भृकुटीमण्डपस्थित १६औँ हस्तकला व्यापार मेलाको तेस्रो दिन आज प्रदर्शनीमा राखिएका सामग्रीको जानकारी लिएपछि सञ्चारकर्मीसँग उहाँले घरेलु उद्योग तथा हस्तकलाले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

पार्टीको प्रदेश नं ३ की प्रमुख शाक्यले ग्रामीण भेगमा आर्थिक उपार्जनका लागि यो क्षेत्रको महत्व रहेको उल्लेख गर्दै विदेशमा गुणस्तरीय वस्तु निर्यात गर्नसकेमा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालस्थित बङ्गलादेशका राजदूत मसफी बिन्टे शाम्स्, नेपालको लागि चीनका आर्थिक तथा वाणिज्य काउन्सलर झ्यांग फानलगायतले मेला अवलोकन गर्नुभएको छ । मेलाको अतिरिक्त आकर्षणका रुपमा रहेको अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनीअन्तर्गत नृत्य प्रदर्शनीको क्रममा अमोघसिद्धि–आर्यतारा झ्याउरे नृत्य, कुमारी नृत्य तामाङ सेलो नृत्य र विभिन्न जातजातिबाट तामाङ र नेवारी गीतमा नृत्य तथा गीत प्रस्तुति गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : ४६ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै