२०८३, १२ भाद्र शनिबार

गोकर्णेश्वर नगर सुरक्षा समिति गठन

गोकर्णेश्वर नगर सुरक्षा समिति गठन


काठमाडौँ, ३० कात्तिक : नागरिक र प्रहरीबीच समन्वयात्मक रुपमा घरेलु हिंसा, लागुऔषध नियन्त्रणलगायत शान्तिसुरक्षा कायम गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिकास्तरीय सुरक्षा समिति गठन गरिएको छ ।

नगरपालिका र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त आयोजनामा आज नगर कार्यपालिकाको सभाकक्षमा आयोजित नगरस्तरीय भेलाले नगरप्रमुख सन्तोष चालिसेको संयोजकत्वमा ४३ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा उपप्रमुख शान्ति नेपाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल रहनुभएको छ । सदस्यसचिवमा वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द, सदस्यमा नौ वटै वडाका अध्यक्ष, नगरपालिकाका प्रशासकीय अधिकृत दीपक कोइराला, नगरपालिकामा रहेका सरकारी कार्यालयका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक, सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

कार्यक्रमनगरप्रमुख चालिसेले समाजमा शान्तिसुरक्षा कायम राख्न नागरिक र प्रहरीबीच हातेमालो हुनुपर्नेमा जोड दिनुभयो । वृत्तका प्रहरीप्रमुख चन्दले बर्दी लगाएका प्रहरीलाई बिना बर्दीका प्रहरी मानिने सचेत नागरिकबाट सहयोग र समन्वय हुनुपर्ने बताउनुभयो । समितिले वडा, टोल र विद्यालयस्तरीय सुरक्षा समिति गठन गर्ने जनाइएको छ । वडा सुरक्षा समितिको संयोजक वडाध्यक्ष रहने सो अवसरमा जानकारी गराइयो । विद्यालयस्तरीय समितिको संयोजक प्रधानाध्यापक र नागरिक समाजका सदस्यबाट टोल सुरक्षा समितिको संयोजक बनाइनेछ । विभिन्न तहमा निर्माण हुने समितिबीच सूचना आदान प्रदान गरी नगर क्षेत्रमा शान्तिसुरक्षा एवं अमनचैन कायम गराइनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : ३५ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका