२०८३, २९ श्रावण शनिबार

असुरक्षा बढेको पत्रकारको गुनासो

असुरक्षा बढेको पत्रकारको गुनासो


काठमाडौँ, ३० कात्तिक : यही कात्तिक २३ गते नागरिक दैनिकका रुकुम संवाददाता लोकेन्द्र खनाललाई छुरा प्रहार गरी गम्भीर घाइते पारियो । रुकुमको बाफियाकोट–६ मग्मामा स्थानीयवासी सोनु परियारको शुद्धि कार्यक्रममा जाँदै गरेको बेला स्थानीयवासी कमलजङ्ग खनाल, कर्णबहादुर कुसारी, कनिल कुसारीलगायतले पत्रकार खनालमाथि साङ्घातिक आक्रमण गरेपछि उहाँको उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा लगिएको थियो ।यही कात्तिक ८ गते समाचार लेखेको विषयमा अमेरिकामा रहेका नेपाली पत्रकार लोकमणि राईमाथि प्रदेश नं १ का मुख्यमन्त्रीका सहयोगी पारु हाङ राई र उमेश राईले कुटपिट गरेर गम्भीर घाइते बनाए ।

बिहीबार रेडियो थाहा सञ्चारमा कार्यरत पत्रकार देवीराम देवकोटामाथि यातायात व्यवसायीले आक्रमण गरी घाइते बनाएका छन् । बेलुका परिवारसहित काठमाडौँ जान कोहलपुर बसपार्क पुगेका पत्रकार देवकोटालाई बस चढ्ने क्रममा टिकटअनुसार सिट नपाएपछि सिट माग्ने क्रममा सिट छैन मुडामा बसेर जाने भन्दै यातायात व्यवसायीले एक्कासि आक्रमण गरेका थिए । यसरी विभिन्न बहानामा आक्रमणमा पर्ने पत्रकार खनाल, राई र देवकोटा प्रतिनिधि मात्रै हुन् । नेपाल पत्रकार महासङ्घका अनुसार वैशाखदेखि हालसम्म प्रेस स्वतन्त्रता उल्लङ्घनका ३५ घटना भएका छन् । जसमा बेपत्ता एक, कब्जा÷अवरोध चार, आक्रमण १२, धम्की १२, पक्राउ नौ र दुव्र्यवहारसम्बन्धी ११ वटा घटना भएका छन् । विसं २०७४ मा त्यस्ता ६३ वटा घटना भएका थिए ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा पत्रकारमाथि गिरफ्तार, आक्रमण र धम्की बढ्दै गएको देखाउँछ भन्नुभयो । अध्यक्ष आचार्यले नयाँ मुलुकी संहिता जारी भएपछि महासङ्घले राजधानीका ३५ वटा मिडिया गृहमा गरेको अनुगमनका क्रममा अत्यन्त्र त्रसित मानसिकताका साथ समाचार सम्प्रेण गरिरहेको पाइएको बताउनुभयो । उहाँले राज्यले प्रेसलाई जिम्मेवार र मर्यादित बनाउने नाममा प्रेसमाथि अङ्कुश लगाउन खोजेको आरोप लागनउुभयो । राष्ट्रिय मानव अधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्ने पत्रकारविरुद्ध भइरहेको हत्या, आक्रमण र धम्कीका घटनाको परिप्रेक्ष्यमा अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण गर्ने सुरक्षा संयन्त्र गठन कार्यविधिसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ । आयोगले कुनै पनि कारणले अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमणको जोखिममा रहेका पत्रकार र अन्यलाई संरक्षण प्रदान गर्ने उद्देश्यले निर्देशिका जारी गर्न लागेको हो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले अनुगमन, अनुसन्धान र जनचेतना अभिवृद्धिमार्फत सम्भव भएसम्म अभिव्यक्तिको स्वतन्त्रतामाथि हुने आक्रमण नियन्त्रण गर्ने उद्देश्यले पनि सम्बन्धित क्षेत्रका विज्ञको सुझावका आधारमा निर्देशिका जारी गर्न लागिएको जानकारी दिनुभयो । फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाले सञ्चारमाध्यमसँग सम्बन्धित ऐनलाई सुधार गरेर लैजानुपर्ने धारणा राख्नुभयो । प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले सामाजिक सञ्जालका गतिविधिलाई हेरेर कानून बनाउनु गलत हो भन्नुभयो । पत्रकार महासङ्घले विभिन्न बहानामा पत्रकारमाथि आक्रमण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको ठहर गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : ३९ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका