२०८३, ३ आश्विन आईतबार

“चीन र भारत दुवै देशसँग मैत्रीपूर्ण सम्वन्ध राख्न चाहान्छौँ”:डा भट्टराई

“चीन र भारत दुवै देशसँग मैत्रीपूर्ण सम्वन्ध राख्न चाहान्छौँ”:डा भट्टराई


काठमाडौैँ, २९ कात्तिक : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेपालले भारत र चीनलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा सल्लाहकार भट्टराईले राष्ट्रलाई केन्द्रमा राखेर भारत र चीनसँग रहदै आएको ऐतिहासिक, पराम्परागत, आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । “भारतसँग विशेष सम्बन्ध छ वा चीनसँग छैन भन्ने होइन, हाम्रा लागि सबै मुलुकहरु मित्र हुन, तर स्वाभाभिक रुपमा छिमेकी मुलुकसँग बढी हिमचिम हुन्छ, ”, उहाँले भन्नुभयो ।

सल्लाहकार भट्टराईले भन्नुभयो, “चीन र भारत दुई वटा उदयीमान देशहरुबाट हामीले जति फाइदा लिनुपर्ने थियो लिन सकिरहेका छैनौँ, त्यसका लागि चाहिने अध्ययन अनुसन्धान अझै हुन सकेको छैन, यी सबै कुरालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । डा भट्टराईले चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण नभएको सन्दर्भमा जतिसक्दो चाँडो चिनिया राष्ट्रपतिको नेपाल भ्रमण हुने जानकारी दिनुभयो ।

उहाँले चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति र प्रधानमन्त्रीबाट भ्रमणको निम्तो समेत भइसकेको बताउनुभयो । सल्लाहकार डा भट्टराईले नेपाल र भारतसँग सम्बन्धीत विषयमा अध्ययन गरेर तयार गरिएको प्रवुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : ०४ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै