२०८३, १८ भाद्र शुक्रबार

विश्व महिला बक्सिङमा दुई नेपाली खेलाडीले भाग लिने

विश्व महिला बक्सिङमा दुई नेपाली खेलाडीले भाग लिने


काठमाडौँ, २६ कात्तिक : भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन् । बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, कीर्तिमानी पूर्वधावक बैकुण्ठ मानन्धरलगायतले आज यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

टोलीको प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य लक्ष्मण कार्की रहेका छन् । उक्त च्याम्पियनसिपमा विभिन्न ६० राष्ट्रको सहभागिता रहनेछ ।

अध्यक्ष अवालले आफ्नो परिवारका तर्फबाट नगद पुरस्कारको पनि घोषणा गर्नुभयो । खेलाडीलाई एक बाउट जितेमा रु २५ हजार, दुई बाउट जितेमा रु ७५ हजार र पदक जितेमा रु दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । नेपाली टोली मङ्गलबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ९ : १३ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण