२०८३, २४ आश्विन आईतबार

नेकपाका अध्यक्ष दाहाल म्याग्दीमा

नेकपाका अध्यक्ष दाहाल म्याग्दीमा


बेनी, २६ कात्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी आउनुभएको छ । पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल आज यहाँ आउनुभएको हो । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहाल पत्नी दाहाललाई उपचार गराउन ल्याइएको छ ।

आज दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुग्नुभएको थियो । सो टोलीमा गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकला, अध्यक्ष दाहालकी छोरी गङ्गालगायत सहभागी छन् । प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर सीताको उपचार गराउन शुरु गरिएको छ । सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो । तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उहाँलाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिनुभयो ।

पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ । उहाँलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्थान गरी उपचार गराइने व्यवस्था मिलाइएको छ । अध्यक्षको कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमसमेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिनुभयो ।

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहनेछ । सो क्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्री दाहाल, गृहमन्त्री थापासहितको टोलीलाई स्वागत गरेका थिए । नेकपाका नेताहरुले समेत बेनीस्थित होटलमा अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई स्वागत गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : ५७ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५