२०८३, ३ आश्विन आईतबार

सरकारका प्रवक्ता बाँस्कोटा भन्छन् ‘सरकारको सूचना लुकाउने कुनै नियत होइन’

सरकारका प्रवक्ता बाँस्कोटा भन्छन् ‘सरकारको सूचना लुकाउने कुनै नियत होइन’


काठमाडौं २६ कार्तिक सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको सूचना लुकाउने कुनै नियत नभएको भन्दै विगतमा पनि सरकार पारदर्शी भएको र अब पनि त्यसमा प्रतिबद्ध रहेको बताएका छन् ।

‘सरकार पारदर्शी नै छ र बन्छ । सूचना लुकाउने नियत होइन । तर केही व्यावहारिक कठिनाई मात्रै हो,मन्त्रिपरिषद्को निर्णय सुनाउने र दिने गरी हामीले नयाँ वीधि र प्रकृयाका बारेमा तयारी भैरहेका बताए ।

पहिले मन्त्रिपरिषद् बैठकका निर्णयहरु भिडियोबाट सुनाइने गरिएको र त्यसमा प्रश्नोत्तरको व्यवस्था नरहेकाले अब भने प्रश्नोत्तर समेत हुने गरी व्यवस्था गर्ने भएका छन् ।

‘मन्त्रिपरिषद्बाट भएको निर्णय ७२ घण्टासम्म परिवर्तन गर्न आवश्यक देखेमा परिवर्तन गर्न सकिने अधिकार विभागीय मन्त्री वा प्रधानमन्त्रीलाई छ’ बास्कोटाले भने, ‘यस्तो अवस्थामा सूचना बाहिर आइसकेपछि परिवर्तन गर्न कठिन हुने भएकाले ७२ घण्टासम्म नियुक्ति लगायतका निर्णय बाहिर नल्याउने नेपाल सरकार कार्यासम्पादन नियमावलीमा उल्लेख भएको विषय हो । त्यसकारण ७२ घण्टासम्म बाहिर नल्याउन सकिने कानुनी व्यवस्था पनि छ ।’

यद्यपी नेपाल सरकार कार्य सम्पादन नियमावलीमा भने २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने कुरा उल्लेख छ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : १५ बजे

संविधान दिवस कि औपचारिकताको दिवस ? : अधिवक्ता कमल सापकोटा

टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

बाढीपीडितको चुलो बाल्न नाडाको सहयोग, राहत सामग्री हस्तान्तरण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले नुवाकोट, टिमुरे