२०८३, २६ आश्विन मंगलबार

अमेरिकामा आगलागीबाट मृत्यु हुनेहरुको संख्या २३ पुग्यो

अमेरिकामा आगलागीबाट मृत्यु हुनेहरुको संख्या २३ पुग्यो


अमेरिका, २६ कात्तिक अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।

“आज, हामीले थप १४ जनाको शव फेला पारेका छौँ, योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,” बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताउनुभयो । आगोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ ।

आगलागी प्रभावित क्षेत्रका झण्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको समाचारमा जनाइएको छ । बिहीबार बिहान सुरु भएको आगलागी प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो ।

आगलागीका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवनहरु क्षतिग्रस्त भएका छन् । आगलागी भएको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रुपमा जङ्गलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जङ्गलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ९ : ११ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल