२०८२, ३ श्रावण शनिबार

मन्त्रिपरिषद् बैठक निर्णय नयाँ प्रबन्धबाट सार्वजनिक हुने :प्रवक्ता बाँस्कोटा

मन्त्रिपरिषद् बैठक निर्णय नयाँ प्रबन्धबाट सार्वजनिक हुने :प्रवक्ता बाँस्कोटा


काठमाडौँ २६ कात्तिक मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।”

मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्राय बैठकपछि जानकारी दिइने गरिएकामा आज विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ६ : ५९ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै