२०८२, ३ श्रावण शनिबार

नेकपामा नयाँ धार छैन : नेता खनाल

नेकपामा नयाँ धार छैन : नेता खनाल


बनियानी, २५ कात्तिक: नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा नयाँ धारको कुरा निराधार भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उहाँले उल्लेख गर्नुभयो । “नेकपा ठूलो पार्टी हो, लाखौँ सदस्य र लाखौँ समर्थक छन्”, उहाँले भन्नुभयो, “उहाँहरु अहिले असङ्गठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वभाविक हो ।”

नेता खनालले स्थायी समितिको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बताउनुभयो । तीनै तहको सरकार मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउँदै नेता खनालले भन्नुभयो, “जनतालाई सन्तुष्टी दिने गरी सरकार तीव्र गतिमा अघि बढ्न आवश्यक छ ।”

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ६ : ५७ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै