२०८३, ३१ जेष्ठ सोमबार

राप्रपा अध्यक्ष थापाको राजीनामा माग

राप्रपा अध्यक्ष थापाको राजीनामा माग


काठमाडौँ, २५ कात्तिक: राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्षसहितअध्यक्ष थापाको राजीनामा मागेको हो । पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको अध्यक्ष थापामाथि आरोप लगाएको छ ।

असन्तुष्ट पक्षले पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा(प्र) राजसंस्था वा गणतन्त्रबारे प्रस्ट नभइकन एकताको प्रक्रिया शुरु गरेको भन्दै आजको केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेको छ । असन्तुष्ट नेतामा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशम्शेर राणा तथा केन्द्रीय सदस्यहरु कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वार हुनुहुन्छ ।

यसैबीच राप्रपा (प्र)का उपाध्यक्ष विष्णु भट्टराईले दुवै पार्टी एकीकरणको औचित्य प्रस्ट नभई गरिने एकताको अर्थ नहुने बताउँदै त्यस विषयमा पार्टी अध्यक्ष राणालाई छिट्टै स्मरणपत्र बुझाइने जानकारी गराउनुभयो । पछिल्लो समयमा दुवै पार्टीलाई एकीकरण गर्न अध्यक्षद्वय थापा र राणाबीच छलफल भइरहेको छ । राप्रपाका प्रवक्ता भुवन पाठकले केन्द्रीय कार्यसमितिको बैठकले चुनाव चिह्न र सिद्धान्तमा सम्झौता नगर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ६ : ०१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क