२०८३, ३ आश्विन आईतबार

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री किन पुगे अमेरिका ?

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री किन पुगे अमेरिका ?


काठमााडौं, कात्तिक २५ : उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । आजको कान्तिपुर दैनिकमाखबर छापिएको छ ।

कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति लिएका छैनन् । उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘निजी खर्चमा उपचार गर्न थाइल्यान्ड जान लागेको पत्रपत्रिकामा पढेको थिएँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘उपचारै गर्नका लागि त परराष्ट्रलाई सोधिरहन पर्दैन ।’ परराष्ट्रले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमणको प्रोटोकल सिधै हेर्दै आएको छ । देश संघीय संरचनामा गएपछि प्रदेशका मुख्यमन्त्रीहरूको भ्रमण के गर्ने भन्ने व्यवस्था नबनिसकेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा परराष्ट्रले आवश्यक प्रबन्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ११ बजे

संविधान दिवस कि औपचारिकताको दिवस ? : अधिवक्ता कमल सापकोटा

टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

बाढीपीडितको चुलो बाल्न नाडाको सहयोग, राहत सामग्री हस्तान्तरण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले नुवाकोट, टिमुरे