२०८३, ३० आश्विन शनिबार

बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै श्यामबहादुर 

बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै श्यामबहादुर 


वालिङ, २४ कात्तिक स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाटै आर्थिक समृद्धितर्फ लम्कँदै हुनुहुन्छ ।

मलेसियामा करीब सात वर्ष बिताएर घर फर्कनुभएका उहाँले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर थाल्नुभएको व्यवसाय आज उदाहरणीय बन्दै गएको हो ।

“सामान्य रुपमा घरमा पाल्दै आएका माउबाट बच्चा उत्पादन गरी बिक्री गर्दै आएको थिएँ”, व्यवसायी विकले भन्नुभयो, “जीवन निर्वाहका लागि गर्दै आएको व्यवसायलाई नै व्यावसायिक रुपमा अगाडि बढाउने निर्णय गरी अगाडि बढेँ ।”रु १५ लाखको लगानीमा खोर निर्माण गरी घरमै उत्पादन भएका माउ तथा पाठापाठीबाट व्यवसायको थालनी गर्नुभएका उहाँ आज उदाहरणीय व्यवसायीका रुपमा स्थापित हुनुभएको छ ।

“शुरुमा मासुको प्रयोजनका लागि बङ्गुर तथा पाठापाठीहरु प्रयोग गर्थें”, व्यवसायी विकले भन्नुभयो, “अहिले पाठापाठी उत्पादन गरी बिक्री गर्न थालेको छु वर्षमा ३०० भन्दा बढी पाठापाठी बिक्री गर्ने गरेको छु । बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु १३ लाखदेखि १५ लाखसम्म आम्दानी हुन्छ । ”

“सरकारले कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराउने भने पनि वास्तविक कृषकसम्म नीति पुग्न सकेको छैन”, व्यवसायी विकले भन्नुभयो, “कृषकलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा सुलभ तरिकाले ऋण पाउने व्यवस्था मिलाइदिए राम्रो हुने थियो ।”

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ९ : ०९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा