२०८३, १ भाद्र मंगलबार

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति


इटहरी, २१ कात्तिक : सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगलागी शुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जानकारी दिएको छ ।

आगलागीमा परेर विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा ध्वस्त भएको छ । आगलागीका कारण त्यो भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्ण रूपमा जलेर नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरीको मुख्य चोक क्षेत्रको बजारमा भएको उक्त आगलागी अन्य घर क्षेत्रमा फैलन नदिनका लागि झण्डै एक दर्जन बढी दमकलले पूर्ण प्रयास गरेका कारण ठूलो नोक्सानी हुनबाट इटहरीको बजार जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बीच शहरमा भएको आगोलाई नियन्त्रणमा लिनका लागि इटहरी धरान विराटनगर इनरुवा तथा यस आसपासमा भएका बारुणयन्त्र, प्रहरी नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयवासीसमेतको सक्रिय सहभागिताकै कारणले आगो अपरान्ह् ३ बजेतिर नियन्त्रणमा लिने कार्य सफल भएको थियो । घना शहरको बीचमा भएको घरमा आगलागी भएका आसपासका अन्य जोडिएका घरमा समेत नोक्सानी पुगेको स्थासनीयवासीले जानकारी दिँदै अहिल्यै क्षतिको यकिन विवरण भन्न नसकिने अवस्था नरहेको बताइएको छ ।

चारतला माथिबाट आगो प्रारम्भ भएकाले के कारणले आगो सल्किएको वा फैलिएको हो भन्ने यकिन हुननसकेको र प्रहरीले विद्युत् सर्टकै कारणले आगो लागेको प्रारम्भिक अनुमान गरेको जानकारी दिएको छ ।आगलागीमा धेरै नोक्सानी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणमा पूर्ण सावधानीपूर्वक अपनाइएकाले शहरमा आगो फैलनबाट जोगिएको प्रहरीले बताएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ६ : ३१ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक