२०८३, १५ कार्तिक आईतबार

निर्माणाधीन पन्ध्र सय पुल अलपत्र

निर्माणाधीन पन्ध्र सय पुल अलपत्र


काठमाडौं, कात्तिक २१ : आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यले गति लिन सकेको छैन । आजको गोरखापत्रमा समाचार छापिएको छ । एकातर्फ डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ भने अर्कातर्फ बनाउन सुरु गरिएको एक दशक सम्म पनि पुल बन्न सकेको छैन ।

सडक विभाग, पुुल महाशाखाका अनुसार २०६५ सालयता निर्माण कार्य सुरु गरिएका एकहजार ४८१ वटा पुल अझै अलपत्र अवस्थामा रहेका छन् । त्यसमध्ये विभिन्न राजमार्गका छ सयवटा र स्थानीय स्तरका ८८१ वटा पुल रहेका छन् । पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण व्यवसायीहरूको बदमासी, आवश्यक बजेट र आवश्यक प्राविधिक क्षमता तथा उपकरणको अभावमा पुल निर्माण कार्य अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताए ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ७ : ५५ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग