२०८३, २७ आश्विन बुधबार

आज लक्ष्मी पूजा, यसरी गरिन्छ धनकी देवी लक्ष्मीको आराधना

आज लक्ष्मी पूजा, यसरी गरिन्छ धनकी देवी लक्ष्मीको आराधना


आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।

लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन् । यसरी भैलो खेल्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ६ : ५० बजे

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म

काठमाडौं । बाढीबाट प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले राहत दिएको

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबुको छलाङ, निष्कल राई पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको