२०८३, १५ कार्तिक आईतबार

अब विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

अब विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने


सप्तरी, २० कात्तिक : जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र मदिरा व्यवसाय गर्न पाउने छ ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा यहाँ आज बसेका सर्वदलीय, सर्वपक्षीय बैठकले मदिरा व्यवसायीले बेलुका ८ बजेसम्म, रेष्टुरेण्ट व्यवसायीले राति ८ः३० बजेसम्म र होटलले ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

तिहार र छठलाई लक्षित गरी लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा बसेको बैठकले पान पसललाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ विद्यालय तथा धार्मिक क्षेत्र वरिपरी मदिरा बेचबिखन, सेवन तथा उपभोग गर्न नपाइने व्यवस्था गर्न स्थानीय तहसँग अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

नेपाल र भारत सिमाको दशगजा क्षेत्रबाट एक किलोमिटरभित्र कुनै पनि प्रकारको मदिरा, मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनलाई पूर्ण रुपले रोक लगाउने निर्णय गरिएको प्रजिअ पौडेलले बताए । चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि पनि सबैसँग उहाँले आग्रह गर्नुभयो । विशेष चाडपर्व सुरक्षा योजनानुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

यसैगरी वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको टोलीले राजविराज नगरपालिका–११ स्थित झल्ही, फर्सेठ र राजविराज १५ स्थित देउरीभरुवाका करीब २०० घरमा लगाएको एक हजार ५०० गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ९ : ४६ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग