२०८३, ३० आश्विन शनिबार

अब विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

अब विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने


सप्तरी, २० कात्तिक : जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र मदिरा व्यवसाय गर्न पाउने छ ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा यहाँ आज बसेका सर्वदलीय, सर्वपक्षीय बैठकले मदिरा व्यवसायीले बेलुका ८ बजेसम्म, रेष्टुरेण्ट व्यवसायीले राति ८ः३० बजेसम्म र होटलले ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

तिहार र छठलाई लक्षित गरी लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा बसेको बैठकले पान पसललाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ विद्यालय तथा धार्मिक क्षेत्र वरिपरी मदिरा बेचबिखन, सेवन तथा उपभोग गर्न नपाइने व्यवस्था गर्न स्थानीय तहसँग अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

नेपाल र भारत सिमाको दशगजा क्षेत्रबाट एक किलोमिटरभित्र कुनै पनि प्रकारको मदिरा, मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनलाई पूर्ण रुपले रोक लगाउने निर्णय गरिएको प्रजिअ पौडेलले बताए । चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि पनि सबैसँग उहाँले आग्रह गर्नुभयो । विशेष चाडपर्व सुरक्षा योजनानुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

यसैगरी वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको टोलीले राजविराज नगरपालिका–११ स्थित झल्ही, फर्सेठ र राजविराज १५ स्थित देउरीभरुवाका करीब २०० घरमा लगाएको एक हजार ५०० गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ९ : ४६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा