२०८२, १६ पुस बुधबार

प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउछु : मुख्यमन्त्री पौडेल

प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउछु : मुख्यमन्त्री पौडेल


काठमाडौँ, २० कात्तिक: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को नीति तथा योजना आयोगले आज आयोजना गरेको गोष्ठीमा उहाँले प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, मानव संसाधन अगाडि रहेको प्रदेश भएकाले भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले कानून निर्माण, नीति निर्माण र कार्यविधि निर्माणको प्रक्रियाले प्रदेश सरकारको काम नदेखिए पनि अब जनताको अपेक्षालाई छिट्टै पूरा गर्ने आफूले काम गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कम्युष्टि पार्टीका नेत्री तथा ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले आफूले प्रदेश सरकारलाई सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने र पार्टी अध्यक्षद्वयसँग सल्लाहसमेत गरिसकेको बताउनुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा मानव स्रोतसाधनको अभाव हुँदाहुँदै पनि धेरै कानून निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा कानून निर्माण गर्दा विज्ञहरुको परामर्शलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो । प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको र आगामी बन्ने योजनामा आर्थिक पारदर्शिता, उत्पादन पक्ष र दिगो विकासको पक्षमा काम गर्ने निकायलाई बजेट निर्माण गर्दा उच्च प्राथमिकता दिने उल्लेख गर्नुभयो । सो प्रदेशको विकासका लागि मुख्य आधार प्राकृतिक स्रोत र सम्पदा भएकाले आगामी दिनमा प्रदेशलाई समृद्धिको उचाइमा पु¥याउने उद्देश्यले योजना निर्माण गर्ने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ९ : ४२ बजे

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने