२०८३, २३ आश्विन शनिबार

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड


पोखरा, २० कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाउने सशक्त माध्यम खेल भएको बताउनुभएको छ । पोखरामा सम्पन्न क्रिकेटको पोखरा प्रिमियर लिगको आज यहाँ आयोजित पदक वितरण समारोहमा उहाँले खेलले सभ्यता र राष्ट्रिय अनुशासनका लागि सन्देश दिने बताउनुभयो ।

पोखरामा फुटबल प्रतिको आकर्षण रहिरहेका अवस्थामा प्रिमियर लिग सञ्चालनसँगै यो ठाउँ क्रिकेटका लागि पनि आकर्षक स्थल बनेको उहाँको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन पार्टी तथा सरकार लाग्ने बताउँदै उहाँले त्यसका लागि आफूले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने विश्वास व्यक्त दिलाउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालमा क्रिकेट खेलको विकासमा जोड दिनुपर्ने बताउनुभयो । प्रतियोगितामा पोखरा पल्टनले चितवन राइनोजलाई हराउँदै प्रिमियम लिगको उपाधि हासिल गर्न सफल बन्यो । विजेताले रु २७ लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेताले रु १० लाखमा चित्त बुझाएको थियो । प्रतियोगिताका विजेता, उपविजेता, विभिन्न विधामा उत्कृष्टता हासिल गर्नेलाई उक्त अवसरमा अध्यक्ष प्रचण्ड, पूर्वमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापा, प्रदेशसभा सदस्यहरूले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ८ : ५३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य