२०८२, २ श्रावण शुक्रबार

चरेससहित तीनजना पक्राउ

चरेससहित तीनजना पक्राउ


मुसिकोट, २० कात्तिक : लागु औषध चरेससहित आठबीसकोट नगरपालिका–१३ भल्मबाट प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–९ का ४२ वर्षीय इन्द्र चन्द, ३८ वर्षीय कर्णबहादुर शाही र सिद्धकुमाख गाउँपालिका सल्यानका ६० वर्षीय हिक्मत बुढाथोकी रहेका छन् ।

लागुऔषध चरेस ओसार–पसार भइरहेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक सुमित खड्काले बताउनुभयो ।

उनीहरुको साथबाट १० किलो १०० ग्राम कालो चरेस, दुई थान तराजु, १७ वटा नापतौल गर्ने पुरानो सिक्का, एक थान ढक, तीन थान मोबाइल, एक वटा स्प्रिङ तराजु र ४३ हजार ४४५ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ०९ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै