२०८३, ११ कार्तिक बुधबार

देउसिरे होइन, वाइफार्इ !

देउसिरे होइन, वाइफार्इ !


काठमाडाैँ, कात्तिक २०: तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो? ’

सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा सजिएका युवायुवती भड्किला अंग्रेजी गीत बजाएर नाच्छन् । आपसमा हाँसखेल, रमाइलो र ठट्टा गर्ने बानी छुट्दै गएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीले आत्मीयता खोसेको छ । पुस्तान्तरणसँगै चाडबाड मनाउने शैली पनि बदलिएको छ । यसलाई स्वाभाविक रूपमा हेर्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । ‘समाजलाई विविध पक्षले प्रभाव पारेको हुन्छ । विज्ञानप्रविधिमा भएको चामत्कारिक विकासले नयाँ पुस्तालाई प्रभावित गरेको छ । त्यसैको परिणाम अहिले देखिएको हो ।’

अचेल देउसीभैलोको महत्व खेल्नेले नै भेउ पाउँदैनन् । आशीर्वाद दिँदाको शब्दभाव, लय, शैली र बजाइने बाजागाजा लोपजस्तै भइसकेका छन् । ८४ वर्षीय ग्वंग भन्छन्, ‘परम्परा र शैली सांस्कृतिक परम्परावादबाट सांस्कृतिक गतिशीलतामा रूपान्तरण भएको छ ।’ प्रविधि मात्र होइन, सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक पक्षले पनि नयाँ पुस्तालाई मनोवैज्ञानिक प्रभाव पारेको उनी बताउँछन् ।

‘बलि राजाले पठाएको’ भन्दै देउसेले भट्याउनुमा पौराणिक किंवदन्ती छ । ग्वंगका अनुसार भगवान् विष्णुका भक्त प्रल्हादका नाति हुन्, बलि राजा । तीनै लोक जितेपछि दानवकुलमा जन्मिएका बलिमा अहंकार पैदा भयो । उनी महादानी थिए । उनको ख्याति र शक्ति बढ्दै जाँदा देउतालाई पनि असह्य भयो । देउताले गुहारेपछि भगवान् विष्णुले वामन अवतार लिए र छलपूर्वक तीन पाइला जमिन दान मागे । त्यो तीन पाइलामा स्वर्ग र मत्र्य मात्रै होइन, बलि राजा समेत रसातलमा भासिए । विस्थापित तिनै बलिको पुनर्वासका लागि उनको अनुमति लिएर जनताले घरघरमा गएर भन्न थाले, ‘देही श्री अर्थात् धन दिनुहोस् !’ यही शब्द पछि लोकलयमा रुपान्तरित हुँदै देउसिरे भएको मानिन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशी देउसीभैलो खेल्ने र आशीर्वाद दिने शैली फेरिँदै गएको स्वीकार्छन् । तर विकृति भित्रिएको भन्ने आरोपसँग उनी असहमत छन् । ‘शैली फरक भएको हो । सोच उही नै छ,’ उनी भन्छन् ।

तिहारलाई दाजुभाइ–दिदीबहिनीबीच मात्र होइन, छिमेकीसँगको सम्बन्धमा समेत न्यानोपन ल्याउने चाडका रूपमा लिइन्छ । तर मोबाइलमा झुन्डिने र इन्टरनेटमा मात्र रम्नेलाई यसको वास्ता हुँदैन । यो समस्याबाट किशोरकिशोरी बढी प्रभावित छन् । ‘छरछिमेक र दाजुभाइ–दिदीबहिनीबीच भएका मनमुटाव सुल्झाउने उचित समय हो यो । तर यसबेला पनि वाइफाइमै ध्यान जानु राम्रो होइन,’ मुटु रोग विशेषज्ञ प्रकाशराज रेग्मी चिन्ता व्यक्त गर्छन् । ‘वाइफाइ र मोबाइल भएपछि आपसमा मीठो कुराकानी गर्ने चलन घटेको छ । आत्मीयता साटासाट समेत हुन छोडिसक्यो,’ उनी भन्छन् । भेटघाट र कुराकानीले तनाव घटाउन सहयोग पुग्ने बताउँछन् डा. रेग्मी । थप्छन्, ‘देउसीभैलो खेल्दा होस् वा भाइटीकाको बेला, मोबाइल बन्द गर्नु उपयुक्त होजस्तो लाग्छ ।’आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ३६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता