२०८३, २ भाद्र बुधबार

देउसिरे होइन, वाइफार्इ !

देउसिरे होइन, वाइफार्इ !


काठमाडाैँ, कात्तिक २०: तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो? ’

सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा सजिएका युवायुवती भड्किला अंग्रेजी गीत बजाएर नाच्छन् । आपसमा हाँसखेल, रमाइलो र ठट्टा गर्ने बानी छुट्दै गएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीले आत्मीयता खोसेको छ । पुस्तान्तरणसँगै चाडबाड मनाउने शैली पनि बदलिएको छ । यसलाई स्वाभाविक रूपमा हेर्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । ‘समाजलाई विविध पक्षले प्रभाव पारेको हुन्छ । विज्ञानप्रविधिमा भएको चामत्कारिक विकासले नयाँ पुस्तालाई प्रभावित गरेको छ । त्यसैको परिणाम अहिले देखिएको हो ।’

अचेल देउसीभैलोको महत्व खेल्नेले नै भेउ पाउँदैनन् । आशीर्वाद दिँदाको शब्दभाव, लय, शैली र बजाइने बाजागाजा लोपजस्तै भइसकेका छन् । ८४ वर्षीय ग्वंग भन्छन्, ‘परम्परा र शैली सांस्कृतिक परम्परावादबाट सांस्कृतिक गतिशीलतामा रूपान्तरण भएको छ ।’ प्रविधि मात्र होइन, सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक पक्षले पनि नयाँ पुस्तालाई मनोवैज्ञानिक प्रभाव पारेको उनी बताउँछन् ।

‘बलि राजाले पठाएको’ भन्दै देउसेले भट्याउनुमा पौराणिक किंवदन्ती छ । ग्वंगका अनुसार भगवान् विष्णुका भक्त प्रल्हादका नाति हुन्, बलि राजा । तीनै लोक जितेपछि दानवकुलमा जन्मिएका बलिमा अहंकार पैदा भयो । उनी महादानी थिए । उनको ख्याति र शक्ति बढ्दै जाँदा देउतालाई पनि असह्य भयो । देउताले गुहारेपछि भगवान् विष्णुले वामन अवतार लिए र छलपूर्वक तीन पाइला जमिन दान मागे । त्यो तीन पाइलामा स्वर्ग र मत्र्य मात्रै होइन, बलि राजा समेत रसातलमा भासिए । विस्थापित तिनै बलिको पुनर्वासका लागि उनको अनुमति लिएर जनताले घरघरमा गएर भन्न थाले, ‘देही श्री अर्थात् धन दिनुहोस् !’ यही शब्द पछि लोकलयमा रुपान्तरित हुँदै देउसिरे भएको मानिन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशी देउसीभैलो खेल्ने र आशीर्वाद दिने शैली फेरिँदै गएको स्वीकार्छन् । तर विकृति भित्रिएको भन्ने आरोपसँग उनी असहमत छन् । ‘शैली फरक भएको हो । सोच उही नै छ,’ उनी भन्छन् ।

तिहारलाई दाजुभाइ–दिदीबहिनीबीच मात्र होइन, छिमेकीसँगको सम्बन्धमा समेत न्यानोपन ल्याउने चाडका रूपमा लिइन्छ । तर मोबाइलमा झुन्डिने र इन्टरनेटमा मात्र रम्नेलाई यसको वास्ता हुँदैन । यो समस्याबाट किशोरकिशोरी बढी प्रभावित छन् । ‘छरछिमेक र दाजुभाइ–दिदीबहिनीबीच भएका मनमुटाव सुल्झाउने उचित समय हो यो । तर यसबेला पनि वाइफाइमै ध्यान जानु राम्रो होइन,’ मुटु रोग विशेषज्ञ प्रकाशराज रेग्मी चिन्ता व्यक्त गर्छन् । ‘वाइफाइ र मोबाइल भएपछि आपसमा मीठो कुराकानी गर्ने चलन घटेको छ । आत्मीयता साटासाट समेत हुन छोडिसक्यो,’ उनी भन्छन् । भेटघाट र कुराकानीले तनाव घटाउन सहयोग पुग्ने बताउँछन् डा. रेग्मी । थप्छन्, ‘देउसीभैलो खेल्दा होस् वा भाइटीकाको बेला, मोबाइल बन्द गर्नु उपयुक्त होजस्तो लाग्छ ।’आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ३६ बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण