२०८२, २५ मंसिर बिहीबार

सूर्यविनायकमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ

सूर्यविनायकमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ


भक्तपुर, १९ कात्तिक: तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । आज गरेको अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु मिसाएर बनाएको मिठाई, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ । सृजना नगरस्थित कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाई बनाएको अनुगमनका क्रममा फेला पारिएको थियो ।

केहि पसल दर्ता नभएका र केही दर्ता भए पनि नवीकरण नगरिएको पाइएको छ । तिहारका लागि बनाइएको अधिकांश मठाई पकाउने तेल जाँच गर्दा रानसिड (एशिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य वस्तुको मिसावट भएको, म्याद नाघेको रंग प्रयोग गरेको, आवश्यकताभन्दा अत्यधिक बढी अखाद्य रंग प्रयोग गरिएको, बासी मिठाई र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो ।

सूर्यविनायकस्थित लक्ष्मी मिठाई भण्डार एवं फुड क्याफे र सिद्धिलक्ष्मी मिठाई तथा दही भण्डार अन्यको तुलनामा राम्रो र सफा पाइएको थियो । त्यसैगरी दधिकोटस्थित मोर्डन दुग्ध डेरीमा गरिएको अनुगमनमा नगरपालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । नगरपालिकाका उपप्रमुख जुना बस्नेतसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक शिवप्रसाद भण्डारी, नवराज आचार्य, नगरपालिका शाखा अधिकृत अनिरुद्र नेपाल, कर्मचारीहरु पूर्णचन्द्र शर्मा, शोभा घिमिरे, सुमित्रा थापा, उपभोक्ता महासङ्घका प्रतिनिधि लक्ष्मी भण्डारी लगायतको टोलीले अनुगमन गरेको थियो ।

मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य वस्तु मिसाउने व्यक्तिलाई रु पाँच हजार जरिवाना र ६ महीना कैद सजायको व्यवस्था गरिएको खाद्य प्राविधिक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । मिठाई बनाउँदा पाँच केजीमा एक ग्राम मात्रै खान उपयुक्त भनेर प्रमाणित गरेको रङ राख्न पाइने भए पनि व्यापारीले पाँच किलो मिठाईमा १५ ग्रामसम्म रंग प्रयोग गरेको पाइएको उहाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ९ : ४६ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे