२०८३, २४ आश्विन आईतबार

सरकार विकासको जग हाल्दैछ : सञ्चारमन्त्री बाँस्कोटा

सरकार विकासको जग हाल्दैछ : सञ्चारमन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १९ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि विकासको जग हालिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विकासको जग पूरा हुन लागको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले विकासको मुख्य हकदार स्थानीय तह विकासको महान् अभियानमा दत्तचित्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिदैं “आफ्नो ठाउँमा के के गर्नुपर्ने हो, छलफल गरी स्थानीय सरकारसँग समन्वय गरी सहयोग गर्नुस्”, भन्नुभयो । सङ्घीय सरकारले प्रदेश हुँदै स्थानीय तहमा विकासका बजेट पठाउने तथा स्थानीय तहका आन्तरिक बजेटबाट संयुक्तरुपमा विकास काम हुन्छ, उहाँले भन्नभुयो, “विद्युत् उत्पादन, विमानस्थल, पानी जहाज, मोनो र मेट्रो रेल, विशेष आर्थिक क्षेत्रलगायत योजनामध्ये केही विकासका चरण छन् भने केही शुरु भइसके, यिनीहरु एकै वर्षमा बन्दैनन्, समय लाग्छ ।”

मन्त्री बाँस्कोटाले सरकारले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका तथा प्रत्येक वडाका लागि रु एक करोड पुग्ने गरी भवन निर्माण गर्न यस वर्ष रु ३० अर्बभन्दा बढी रकम व्यवस्थापन गरेको उल्लेख गर्दै २०७६ सालभित्र सबै भूकम्पपीडितलाई छानोमुनि ल्याइने गरी पुनः निर्माणको कामलाई गति दिइने बताउनुभयो । यसैगरी मन्त्री बाँस्कोटाले आजै मण्डन देउपुर नगरपालिकास्थित ज्याम्दीमा ज्याम्दी फुटबल युनाइटेड एशोसिएशनद्वारा सञ्चालित जिल्लास्तरीय फुटबल प्रतियोगिताका विजयी पाँचखालको लामा स्टार क्लबलाई पुरस्कार तथा पदक प्रदान गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ९ : ३० बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री