२०८२, २६ भाद्र बिहीबार

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


गुल्मी, १९ कात्तिक : गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीलाई आफूले हानेर हत्या गरेको दुर्गाबहादुरले प्रहरीसामु बयान दिएको प्रहरीले जनाएको छ ।

तीजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफूले मादकपदार्थ सेवन गरेको झोंकमा श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोट दहको प्रहरी टोलीले खोजतलास गर्दा शनिबार राति धाराचौर गहुँछरे जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभएको छ ।

दुर्गाबहादुरका तीन छोरा र एक छोरी रहेका छन् । श्रीमतीको हत्या गरेपछि यतिबेला ती बालबालिका बिचल्ली भएका छन् । उनीहरूको छिमेकी ओमबहादुर नेपालीले गाउँपालिकाको सहयोगमा संरक्षण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ३७ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा