२०८३, ३ आश्विन आईतबार

महानगर प्रमुख दाहाल सरसफाइ अभियानमा

महानगर प्रमुख दाहाल सरसफाइ अभियानमा


चितवन, १९ कात्तिक : भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुट्नु भएको छ । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको नेतृत्वमा सरसफाइ गरिँदै आएको छ । आज बिहान पनि प्रमुख दाहाल स्वयं सरसफाइमा सरिक हुनुभइ नगरवासीलाई सन्देश प्रवाह गर्नु भएको छ । आज नगरपालिका ढोकादेखि शहीदचोकसम्म सरसफाइ गरिएको छ ।

सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहित सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायी एवं सरसफाइका क्षेत्रमा काम गरिरहेका अभियानकर्मीको उपस्थिति थियो । महानगरपालिकाले विभिन्न सरसफाइका क्षेत्रमा काम गरिरहेका संस्था, नागरिक अगुवाको सहयोगमा यो अभियानलाई साप्ताहिकरुपमा हरेक सोमबार गर्दै जाने जनाएको छ ।

महानगर प्रमुख दाहालले बजार क्षेत्रमा गरिएको सरसफाइसँगै व्यवसायीलाई अभियानका बारेमा जानकारी दिइएको बताउनुभयो । “फोहर गर्ने व्यवसायीलाई खबरदारी गरेका छौँ”, दाहालले भन्नुभयो, “जनसमुदाय तथा व्यवसायीलाई आफ्नो फोहर नगर्न अपिल गरेका छौँ । आग्रह नमान्ने, अटेर गर्नेलाई प्रचलित कानूनअनुसार कारवाही गरिने छ ।” महानगरमा दैनिक ६५ टन फोहर सङ्कलन हुँदै आएको छ । महानगरको वातावरण शाखा प्रमुख इञ्जीनियर विराट घिमिरेले मुख्य शहरी क्षेत्रमा मात्रै ४० टनभन्दा बढी फोहर सङ्कलन हुने गरेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ३४ बजे

आज रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक

संविधान दिवस कि औपचारिकताको दिवस ? : अधिवक्ता कमल सापकोटा

टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर