२०८३, ११ आश्विन सोमबार

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री


सङ्खुवासभा, १९ कात्तिक: अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताउनुभएको छ । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उहाँले निर्माणाधीन अरुण तेस्रोका बारेमा तत्कालै समीक्षा गर्ने बेला भइनसकेको बताउनुभएको हो ।

अर्थमन्त्री डा खतिवडाले अरुण तेस्रोको निर्माण चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसका बारेमा पुनरवलोकन गर्नेभन्दा पनि कार्यप्रगतिका आधारमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको जलविद्युत् आयोजनास्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरिसकेको छ, उहाँले भन्नुभयो, “आयोजनामा स्थानीय नागरिकको पहुँच बढाउँदै लैजाने र आयोजनास्थलसम्म मध्यपहाडी लोकमार्गलाई छुवाएर लैजाने गरी सरकारले नीति बनाएको छ । ”

अर्थमन्त्री डा खतिवडाले राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने र त्यहाँ लामो समयदेखि स्थापना हुन नसकेको भन्सार कार्यालय, राजश्व कार्यालय, सीमा प्रशासन र सुरक्षाका हिसाबले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कार्यालय स्थापना गर्ने सोचका साथ सरकार अगाडि बढेको बताउनुभयो । करको विषयमा तल्लो तहमा नकारात्मक सन्देश गएकाले त्यसको वास्तविकता बुझ्न सबैलाई आग्रह गर्दै अहिले बजारमा हल्ला भएजस्तो सरकारको साधारण खर्च बढी नभएको बरु राजश्व सङ्कलन बढी भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ०८ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा