२०८२, २० असार शुक्रबार

घुस लिएको अभियोगमा भक्तपुरका लेखापाल पक्राउ

घुस लिएको अभियोगमा भक्तपुरका लेखापाल पक्राउ


काठमाडौँ, १९ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहालले रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

लेखापाल दाहाललाई राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकामा उक्त कार्य पूरा गरी बिल भुक्तानी माग गर्दा घुस मागेको अभियोग लागेको छ । आरोपी दाहालको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक नीरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : ०९ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको