२०८३, २६ आश्विन मंगलबार

तिहारमा कार्यालय नछाड्न प्राधिकरणको निर्देशन

तिहारमा कार्यालय नछाड्न प्राधिकरणको निर्देशन


काठमाडौँ, १९ कात्तिक: तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ । नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न आज निर्देशन दिइएको हो ।

राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भइ कार्यसम्पादन गर्न प्राधिकरणले निर्देशन जारी गरेको छ । सार्वजनिक बिदामा समेत आफ्नो विद्युत् केन्द्रको उत्पादन, सञ्चालन, सम्भारलगायतका हरेक गतिविधिमा उत्तिकै संवेदनशील र जवाफदेही रहनुपर्ने भएकाले कार्यालय नछाड्न भनिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले संवेदनशील केन्द्रका प्रमुख, प्राविधिक कर्मचारीले तोकिएको कार्यालय तथा केन्द्र छाड्नै परे अनुमति लिएर मात्रै छाड्न, आवश्यक परेको खण्डमा उपलब्ध हुने गरी समय व्यवस्थित गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ ।

प्राधिकरणले तिहारलाई लक्षित गरी वितरण केन्द्र, ग्रीड विभागका कर्मचारीलाई २४ सै घण्टा खट्ने गरी परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका ११० वटै वितरण केन्द्रलाई विद्युत् सेवा पुगेका कुनै पनि घरमा सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । प्राधिकरणले तिहारमा विद्युत्को अधिकतम माग एक हजार २७० मेगावाट हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : ०६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल