२०८३, ३१ श्रावण सोमबार

पोखरामा फूलको व्यापार बढ्यो

पोखरामा फूलको व्यापार बढ्यो


पोखरा, १९ कात्तिक : तिहारसँगै पोखराका बजारमा यतिखेर फूलको व्यापार बढेको छ । बजारमा विगत लामो समयदेखि पुष्प व्यवसाय गर्दै आएका व्यवसायीले सजाएर बिक्रीका लागि माला राखेका छन् । सामान्य व्यापारीका पसलमा पनि ठाउँ ठाउँमा फूलका माला झुण्डिएका देखिन्छन् ।

तिहारको पहिलो दिन आज कागतिहार प्रारम्भ भएसँगै बिहानैदेखि फूलको व्यापार बढेको व्यापारीहरू बताउँछन् । तिहारलाई लक्षित गरी व्यापारीले विगतको मागलाई हेरेर फूल मगाइसकेको पोखराको नयाँ बजारस्थित ग्रीन पेटल्सका सञ्चालक कपन रोयले जानकारी दिनुभयो । रोयले तिहारका लागि धादिङ, काठमाडौँ र भारतबाट फूल मगाइसक्नुभएको छ । पोखरामा पुष्प व्यवसायीले तिहारलाई लक्षित गरी तयार पारेका फूल पनि यस समयमा अत्यधिक खपत हुने गरेको छ । “तिहार भित्रिएसँगै घर सजाउन माला लैजाने क्रम हिजोदेखि नै शुरु भएको छ,” उहाँले भन्नुभयो, “यस पर्वलाई लक्षित गरी मगाइएका फूल तथा माला भाइटिकाको बिहानसम्म बिक्री हुने गर्दछ ।”

घरसजावट लगायतको प्रयोजनमा अघि पछिसमेत फूलको व्यापार हुने गरे पनि त्यसको तुलनामा तिहारको समयमा अत्याधिक माग हुने पोखराको पुष्पराज फ्ल्वर डेकोरेशनका सञ्चालक रञ्जन घोडाइले जानकारी दिनुभयो । यस पर्वका लागि आफूँले काठमाडौँ र कोलकाताबाट फूल मगाएको बताउँदै उहाँले भन्नुभयो, “बजारमा आइतबारदेखि मालाको व्यापार हुन थालेको छ, लक्ष्मीपूजा र भाइटिकामा अझै धेरै माला बिक्री हुन्छ ।” बजारमा सयपत्री रु ७० देखि ८० र मखमली लगभग रु ५० सम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अधिकांश नर्सरी र बगैँचामा सयपत्रीलगायतका फूल एक साता अघि नै फूलिसकेका कारण केही कृषक समस्यामा परेका छन् । फूल लगाउन समयतालिकामा ध्यान नदिँदा कृषकलाई समस्या परेको हो । पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग एक करोड मूल्य बराबर फूलको कारोबार हुने फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिनुभयो ।

जिल्लामा फूलखेतीतर्फ बढ्दै गएको आकर्षणसँगै एशोसिएसनमा हालसम्म ३६ व्यवसायी आवद्ध भइसकेको उहाँको भनाइ छ । यस पर्वमा कुकुर, गाई, गोरु जस्ता जनावरको पूजासाथै घर, आँगन, गोठ आदिमा माला एवं तोरणमा पनि फूलको प्रयोग हुने भएकोले यसको अत्याधिक खपत हुने गर्दछ ।

यहाँ तिहारमा ८० प्रतिशत फूल पोखरा र आसपासबाटै आउने गरेको र २० प्रतिशत भारतबाट आयात गर्ने गरिएको पुष्प व्यवसायी बताउँछन् । तिहारका लागि गाउँगाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको ओम बुद्ध नर्सरी पृथ्वी चोककी सञ्चालिका नरमाया प्रसाइले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको तिहारलाई लक्षित गरी ओम बुद्ध नर्सरीबाट सयपत्री फूलको मात्रै २२ हजार बिरुवा बिक्री भएको थियो । कास्कीमा व्यावसायिक फूल खेतीको बढ्दो आकर्षण सँगै २०६२ मा फ्लोरीकल्चर एशोसिएसन गठन गरी यसको दीगो विकासका लागि पहल थालिएको संस्थापक अध्यक्ष वसन्त बानियाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ५ : २२ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा