२०८३, ३० आश्विन शनिबार

वीर अस्पतालमा करोडौं अनियमित, बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै

वीर अस्पतालमा करोडौं अनियमित, बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै


काठमाडौं, १९ कार्तिक : वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनमा अस्पताल प्रशासनका अधिकारीले बोलपत्रमा टिपेक्स लगाएर समेत अनियमितता गरेको उल्लेख छ।

प्रतिवेदनअनुसार अस्पताल प्रशासनले २०७४ मा ‘इन्टरप्रेटिभ सिटी विथ हाई एन्ड नेभिएसन सिस्टम’ का लागि उपकरण उपलब्ध गराउन बोलपत्र आह्वान गरेको थियो, जसमा हिमालय मेडिइच र बायमन्ड इन्टरनेसनलले जर्मनीमा उत्पादित एरो मोडलकोे मेसिन उपलब्ध गराउनेगरी बोलपत्र पेस गरेका थिए ।

तर एउटा बोलपत्रमा पहिला उल्लेख भएको १८ करोडलाई केरमेट गरी २० करोड ४९ लाख कायम गरी कम्पनीको छाप लगाएकोे केन्द्रको प्रतिवेदनमा जनाइएको छ। यसैगरी हिमालय मेडिइचबाट पेस भएको बोलपत्रमा प्रतिथान १५ करोड ९५ लाख कायम गर्दै २ थानका लागि ३१ करोड ९० लाख प्रस्ताव गरी कबोल अंकमा टिपेक्स लगाई कम्पनीको छाप र हस्ताक्षर भएको प्रतिवेदनमा उल्लेख छ। याे खबर अाजकाे नागरिक दैनिकले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ८ : १५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा