२०८२, २५ असार बुधबार

प्रदेश तीनको राजधानी काभ्रे नहुुने संकेत, राजधानी काभ्रे सार्न खोज्दा स्थापित नै विस्थापित भए

प्रदेश तीनको राजधानी काभ्रे नहुुने संकेत, राजधानी काभ्रे सार्न खोज्दा स्थापित नै विस्थापित भए


काठमाडौं १९ कार्तिक : प्रदेश नम्बर तीनको राजधानी काभ्रे सार्ने एजेण्डा राख्दा भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित विस्थापित भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेपछि विस्थापित भएका हुन् ।

प्रदेश मन्त्रीपरिषदमा छुटै पशिचान बनाएका मन्त्री स्थापितले धेरै पटक राजधानी काभ्रे बनाउने एजेण्डालाई बैठकको मुख्य विषय बनाउदै आएका थिए । स्थापीतको एजेण्डामा बहुमत सदस्यको साथ रहेको प्रदेश सदस्यले खबरघरलाई बताए ।

आफु बर्खास्तीमा परेपछि राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलसँग फेस टु फेस गरी आफनो कुरा राख्दा स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी राजधानी काभ्रे सार्ने पहल गरेकाले हटाइएको बुझिएको छ ।

प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच केही समयदेखि टकराव सुरु भएको थियो । मन्त्री पदको सपथलगत्तै स्थापितले हेटौंडाबाट चाँडै राजधानी सार्ने बताएपछि उनी र मुख्यमन्त्रीबीचको दुरी बढ्न थालेको थियो ।

मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृहजिल्लाको हेटौंडालाई नै स्थायी राजधानी बनाउन पहल गदैं अएका थिए । यो घटनासंगै अव काभ्रेमा राजधानी आउने कुरा हल्लामै सिमित हुने भएका छन् ।

प्रदेश सदनमा अव राजधानीकै विषयलाई लिएर महिनौ बहस शुरुहुने देखिन्छ । तर, स्थापित निटक सदस्यहरुले काभ्रे राजधानी सार्ने लबिङ नछाड्ने बताउदै आएका छन् । ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ८ : ०३ बजे

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार