२०८३, ६ भाद्र आईतबार

प्रदेश तीनको राजधानी काभ्रे नहुुने संकेत, राजधानी काभ्रे सार्न खोज्दा स्थापित नै विस्थापित भए

प्रदेश तीनको राजधानी काभ्रे नहुुने संकेत, राजधानी काभ्रे सार्न खोज्दा स्थापित नै विस्थापित भए


काठमाडौं १९ कार्तिक : प्रदेश नम्बर तीनको राजधानी काभ्रे सार्ने एजेण्डा राख्दा भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित विस्थापित भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेपछि विस्थापित भएका हुन् ।

प्रदेश मन्त्रीपरिषदमा छुटै पशिचान बनाएका मन्त्री स्थापितले धेरै पटक राजधानी काभ्रे बनाउने एजेण्डालाई बैठकको मुख्य विषय बनाउदै आएका थिए । स्थापीतको एजेण्डामा बहुमत सदस्यको साथ रहेको प्रदेश सदस्यले खबरघरलाई बताए ।

आफु बर्खास्तीमा परेपछि राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलसँग फेस टु फेस गरी आफनो कुरा राख्दा स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी राजधानी काभ्रे सार्ने पहल गरेकाले हटाइएको बुझिएको छ ।

प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच केही समयदेखि टकराव सुरु भएको थियो । मन्त्री पदको सपथलगत्तै स्थापितले हेटौंडाबाट चाँडै राजधानी सार्ने बताएपछि उनी र मुख्यमन्त्रीबीचको दुरी बढ्न थालेको थियो ।

मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृहजिल्लाको हेटौंडालाई नै स्थायी राजधानी बनाउन पहल गदैं अएका थिए । यो घटनासंगै अव काभ्रेमा राजधानी आउने कुरा हल्लामै सिमित हुने भएका छन् ।

प्रदेश सदनमा अव राजधानीकै विषयलाई लिएर महिनौ बहस शुरुहुने देखिन्छ । तर, स्थापित निटक सदस्यहरुले काभ्रे राजधानी सार्ने लबिङ नछाड्ने बताउदै आएका छन् । ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ८ : ०३ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही