२०८३, १२ श्रावण बुधबार

तपाईले सपनामा यी २५ कुरा देख्नुभयो भने राम्रो फल मिल्छ हेर्नुहोस्

तपाईले सपनामा यी २५ कुरा देख्नुभयो भने राम्रो फल मिल्छ हेर्नुहोस्


हुन त सपनाले भावी दिनको संकेत भन्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।

आज हामीले हिन्दू धर्मशास्त्र र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ, भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।

यी २५ चिज सपनामा देख्नु लाभदायक हुन्छ

 सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ । हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त हुनसक्छ । सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ ।

 सेतो सर्पले डसेको देखेमा धनलाभ हुन्छ ।

 माछा देखेमा धेरै शुभ हुन्छ । मछुवारेकहाँ माछा देखेमा धनलाभ हुन्छ ।

 चरा उडिरहेको देखेमा धन लाभ हुन्छ ।

 हाँस देखेमा शुभ फल प्राप्त हुन्छ ।

 सिंहमा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि हुन्छ ।

 सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ ।

 घोडा देखेमा संकट नास हुन्छ । आपत्तीबाट छुटकारा मिल्छ । घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन हुन्छ ।

 मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ । सन्तान प्राप्ति हुन्छ ।

 जरायो देखेमा चिताएको पुग्छ । उत्तम फल मिल्छ ।

 बाख्रा देखेमा उच्च फल प्राप्त हुन्छ ।

 जुका वा बिच्छि देखेमा धन, पुत्र वा विजय प्राप्त हुन्छ ।

 घोडी, कुखुरी वा कर्याङकुरुङको पोथी देखेमा राम्री श्रीमती प्राप्त हुन्छ ।

 सूर्य उदाएको देखेमा धन लाभ तथा रोगबाट मुक्ति मिल्छ । सूर्य निलेको देखेमा उत्तम पुत्र प्राप्त हुन्छ ।

 घनघोर वर्षा भएको देखेमा व्यापारमा लाभ हुन्छ ।

 चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ ।

 समुद्र देखे लक्ष्मी प्राप्ति हुन्छ ।

 सेतो फूल देखे धनलाभ हुन्छ । हरियो फूल देखे जनसंपर्क बढ्छ ।

 फल देखे धनलाभ हुन्छ ।

 पान देखेमा मुद्दा मामिलामा जीत हुन्छ ।
 पहाडमा चढेको देखे सफलता तथा पहाडको टाकुरामा पुगेको देखेमा आयु वृद्धि हुन्छ ।

 सपनामा नरिवल, केरा वा निबुवा देखेमा सन्तान प्राप्ति हुन्छ ।

 तलाऊ वा पोखरी देखेमा प्रशस्त धन प्राप्ति हुन्छ । स्वच्छ पानी देखेमा मंगल तथा पानीमा पौडिएको देखेमा सुख हुन्छ ।

 कमलको फूलले भरिएको तलाउ देखेमा शुभप्रद, सन्तान प्राप्ति हुन्छ ।

 कपास अरुलाई दिएको देखेमामात्र शुभ फल प्राप्त हुन्छ ।

– सगरमाथा समाचार

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ११ : १३ बजे

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा

सरकार संकटमा ? सुनसरी घटनाबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित

काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन