२०८२, १७ माघ शनिबार

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका पिताको अन्त्येष्टि

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका पिताको अन्त्येष्टि


पाकिस्तान १७ कात्तिक : पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समी उल–हकको हत्या छानविन गर्न निर्देशन दिएपछि मृतक अन्त्येष्टि गरिएको हो ।
तालिवान समूहका आस्थाका धरोहर मानिदै आएका ८० बर्षीय समी उल–हकलाई शुक्रबार राति एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।
तालिवान धर्मगुरूलाई पाकिस्तानको राजधानी इश्लामावादबाट ११५ किलोमिटर टाढा रहेको उहाँकै गृहनगर आकोडा खट्टक मा इश्लामिक धार्मिक संस्कार अनुसार अन्त्येटि गरिएको थियो ।

तालिवान धर्मगुरू समी उल–हकको अन्त्येष्टि समारोहमा उहाँका हजारौँ अनुयायीहरूको सहभागिता रहेको थियो भने दर्जनौ प्रहरीले अन्त्येष्टि समारोहका क्रममा सुरक्षा प्रदान गरेका प्रत्यक्षदर्शीसमेत रहेका एएफपी संवाददाताले बताए । पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनझिर भूट्टोको हत्याबारे सन् २०१० मा सार्वजनिक अनुसन्धान रिपोर्टले भूट्टोको हत्यामा सम्लग्न समूह घटनास्थल रावलपिण्डी जानुपूर्व उहाँकै धार्मिक आश्रममा बसेर गएका भन्ने खुलासा गरेको थियो ।

यसैबीच अफगानी तालिवान समूहले समी उल–हकको मृत्यु सम्पूर्ण इश्लामिक राष्ट्र ९उमाह०हरूका लागि अपुरणीय क्षति भएको भएको शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ । उहाँले अफगानिस्तानमा तत्कालिन सोभियत सङ्घ र अमेरिका अतिक्रमणका क्रममा अविस्मरणीय सहयोग गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
समी उल–हकको अफगानी तालिवानसँग कुनै सम्लग्नता नभएको भएपनि उनीहरूको आन्दोलनप्रति सहानुभूति रहेको थियो, पाकिस्तानी विश्लेषक रमीमुल्लाह यूसुफजाईले एएफपीसँग बताउनुभयो । तालिवानका कैयौँ नेता तथा लडाकूले धर्मगुरू समी उल–हकको मदरसा पाठशालामा अध्ययन गरेका थिए ।

पाकिस्तानी सञ्चारमाध्यमले धर्मगुरू समी उल–हकको निधन अफगानिस्तानको शान्ति प्रक्रियामा एउटा झड्का सावित बन्ने बताएका भएपनि विश्लेषक यूसुफजाईले अफगानी शान्ति प्रक्रियालाई उहाँको मृत्युले प्रभाव नपार्ने बताउनुभएको छ ।

अफगानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उहाँलाई एउटा समस्या सिर्जनाकर्ताका रूपमा उल्लेख गरेका छन् । समी उल–हकले पाकिस्तानी संसदमा दुई पटकसम्म प्रतिनिधित्व गर्नुभएको थियो । पाकिस्तानको सत्ताधारी दल तेहरिक–ए–इन्साफको धर्मगुरू समी उल–हकको दल जेयूआइ–एससँग गठबन्धन रहेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  १० : ५६ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।