२०८३, २ आश्विन शनिबार

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका पिताको अन्त्येष्टि

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका पिताको अन्त्येष्टि


पाकिस्तान १७ कात्तिक : पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समी उल–हकको हत्या छानविन गर्न निर्देशन दिएपछि मृतक अन्त्येष्टि गरिएको हो ।
तालिवान समूहका आस्थाका धरोहर मानिदै आएका ८० बर्षीय समी उल–हकलाई शुक्रबार राति एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।
तालिवान धर्मगुरूलाई पाकिस्तानको राजधानी इश्लामावादबाट ११५ किलोमिटर टाढा रहेको उहाँकै गृहनगर आकोडा खट्टक मा इश्लामिक धार्मिक संस्कार अनुसार अन्त्येटि गरिएको थियो ।

तालिवान धर्मगुरू समी उल–हकको अन्त्येष्टि समारोहमा उहाँका हजारौँ अनुयायीहरूको सहभागिता रहेको थियो भने दर्जनौ प्रहरीले अन्त्येष्टि समारोहका क्रममा सुरक्षा प्रदान गरेका प्रत्यक्षदर्शीसमेत रहेका एएफपी संवाददाताले बताए । पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनझिर भूट्टोको हत्याबारे सन् २०१० मा सार्वजनिक अनुसन्धान रिपोर्टले भूट्टोको हत्यामा सम्लग्न समूह घटनास्थल रावलपिण्डी जानुपूर्व उहाँकै धार्मिक आश्रममा बसेर गएका भन्ने खुलासा गरेको थियो ।

यसैबीच अफगानी तालिवान समूहले समी उल–हकको मृत्यु सम्पूर्ण इश्लामिक राष्ट्र ९उमाह०हरूका लागि अपुरणीय क्षति भएको भएको शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ । उहाँले अफगानिस्तानमा तत्कालिन सोभियत सङ्घ र अमेरिका अतिक्रमणका क्रममा अविस्मरणीय सहयोग गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
समी उल–हकको अफगानी तालिवानसँग कुनै सम्लग्नता नभएको भएपनि उनीहरूको आन्दोलनप्रति सहानुभूति रहेको थियो, पाकिस्तानी विश्लेषक रमीमुल्लाह यूसुफजाईले एएफपीसँग बताउनुभयो । तालिवानका कैयौँ नेता तथा लडाकूले धर्मगुरू समी उल–हकको मदरसा पाठशालामा अध्ययन गरेका थिए ।

पाकिस्तानी सञ्चारमाध्यमले धर्मगुरू समी उल–हकको निधन अफगानिस्तानको शान्ति प्रक्रियामा एउटा झड्का सावित बन्ने बताएका भएपनि विश्लेषक यूसुफजाईले अफगानी शान्ति प्रक्रियालाई उहाँको मृत्युले प्रभाव नपार्ने बताउनुभएको छ ।

अफगानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उहाँलाई एउटा समस्या सिर्जनाकर्ताका रूपमा उल्लेख गरेका छन् । समी उल–हकले पाकिस्तानी संसदमा दुई पटकसम्म प्रतिनिधित्व गर्नुभएको थियो । पाकिस्तानको सत्ताधारी दल तेहरिक–ए–इन्साफको धर्मगुरू समी उल–हकको दल जेयूआइ–एससँग गठबन्धन रहेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  १० : ५६ बजे

संविधानलाई कानुन होइन, संस्कारको रुपमा अभ्यास गर्नुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता