२०८३, १४ कार्तिक शनिबार

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन


काठमाडौँ, १८ कात्तिक : निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब रु चार अर्ब बराबरको आवेदन परेको छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म दुई लाख छ हजार ९९१ जनाले रु तीन अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । कम्पनीले सोमबारसम्म आवेदन दिने म्याद तोकेको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ ।

“नागरिकको उल्लेख्य सहभागिताले आफूहरुलाई उत्साहित बनाएको र सरकारी स्वामित्वका कम्पनी वा संस्थाप्रति विश्वास रहेकोसमेत पुष्टि भएको छ”, प्रवक्ता डा न्यौपानेले भन्नुभयो । सोमबारसम्म थप रु एक अर्बदेखि डेढ अर्बसम्मको आवेदन पर्नसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । कम्पनीले निकट भविष्यमा नै रोलवालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ९ : ०४ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक