२०८३, ३ आश्विन आईतबार

मानिसले खालीपेटमा भुलेर पनि के के खानु हुदैन हेर्नुहोस्

मानिसले खालीपेटमा भुलेर पनि के के खानु हुदैन हेर्नुहोस्


काठमाडौं १८ असोज  : स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि अझै महत्वपूर्ण हुन्छ । त्यसैले कुन खानेकुरा, कतिबेला तथा कसरी खाने भन्ने कुराले पनि ठूलो महत्व लाग्छ ।

कतिपय खाद्यपदार्थहरुमा अम्लको मात्रा उच्च हुन्छ त्यसैले त्यस्ता खानेकुरा खालीपेटमा खानु हानिकारक हुन्छ । दही, गोलभेँडा, केरा आदि कुराहरु खाली पेटमा खानु राम्रो मानिदैन ।

खाली पेटमा खान नहुने खानेकुराहरु यी हुन्ः

सोडाः सोडामा उच्च मात्रामा कार्बोनेट अम्ल हुन्छ । खालीपेटमा सोडापानी खानाले उक्त अम्लले नकारात्मक असर पुग्दछ ।

गोलभेँडाः गोलभेँडामा पनि अम्ल हुन्छ । यदि खाली पेटमा गोलभेँडा खानुभयो भने त्यसले पेटमा पुगेर प्रतिक्रिया गर्दछ र अघुलनशील लेदोको निर्माण गर्छ । यसले पेटमा पत्थरीको जोखिम हुन्छ ।

औषधीः केही अपवाद बाहेक औषधिहरु खान पछि मात्र खानुपर्ने हुन्छ । डाक्टरहरुले पनि खाली पेट औषधि नखान सल्लाह दिन्छन् किनकी खाली पेटमा औषधि खानले पेटमा अम्लपना बढ्ने जोखिम हुन्छ ।

अल्कोहलः खालीपेटमा मदिरा सेवन गर्नु पनि हानिकारक हुन्छ । खालीपेटमा रक्सी खानाले पेटमा जलन हुने तथा राम्रोसँग खाना नपच्ने समस्या हुन्छ ।

कफीः खाली पेटमा कफी पिउनु निकै हानिकारक हुन्छ । कफिमा हुने क्याफाइन तत्वले खाली पेटमा असर पूराउन सक्छ । त्यसैले पेट खाली भएको बेलामा कफि नपिउनुहोस्, बरु एक कप पानी पिएर भएपनि कफी लिनुहोस् ।

चियाः चियामा पनि उच्च मात्रामा अम्ल हुन्छ । त्यसैले खाली पेटमा चिया पिउनै हुँदैन । यसले पेट दुख्ने, ग्यास्ट्राइटिस हुने, खान मन नलाग्ने लगायतका समस्या पैदा गर्छ ।

दहीः दही स्वास्थ्यका लागि लाभदायक हुनेमा शंका छैन । तर यसमा अम्लपना उच्च हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन ।

केराः खाली पेटमा केरा खानाले सरीरमा म्याग्नेसियमको मात्रा निकै बढ्न जान्छ जसका कारण सरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ । त्यसैले विहान खाली पेटमा केरा खानु हुँदैन ।

सखरखण्डः यसमा ट्यानिन तथा पेक्टिन नामक पदार्थहरु हुन्छ । त्यसैले खाली पेटमा सखरखण्ड खानाले ग्यास्ट्रिक एसिडको समस्या हुन्छ र पेटमा जलन पैदा हुन्छ ।

एजेन्सी

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ८ : १५ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै