२०८३, २७ भाद्र आईतबार

स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप सुरू

स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप सुरू


काठमाडौं , कात्तिक १८ : प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेकाे भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् । प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफैले लिएका छन् ।

मन्त्रालयको काम आफैले गर्ने र भौतिक पूर्वाधार विकासका कामको गति बढाएर मात्र नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री पौडेलले स्पष्ट पारे । भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितलाई शुक्रबार बर्खास्त गरेपछि मन्त्री बन्न नेकपाभित्र पार्टी नेतृत्वमा लबिङ सुरु भएको छ । तर, तत्काल मन्त्री नियुक्त नगर्ने सोचमा मुख्यमन्त्री पौडेल देखिएका छन् । मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप गरिरहेको समयमा तत्काल मन्त्री नियुक्त नगरी आफैले कामलाई प्राथमिकता दिने बताए ।

पौडेल यहीँ मन्त्रालयबाट करिब १५ अर्ब रुपैयाँ खर्च गरेर विकासका कामको गति अगाडि बढाउने सोचमा छन् । मुख्यमन्त्रीको प्रदेश सरकारलाई अगाडि बढाउने पहिलो इच्छा हो । मन्त्रालयहरुले गरेको कामका विषयमा सबैजसो मन्त्रालयमा निरन्तर अनुगमन गरिहेका मुख्यमन्त्री पौडेलले मन्त्रालयमा नबस्ने, बसे पनि काम भन्दा कुरा धेरै गर्ने, प्रदेशको सबभन्दा धेरै रकम खर्च गर्नुपर्ने मन्त्रालयले काम नगरेपछि मन्त्री स्थापितबाट असन्तुष्ट थिए ।

स्थापित तत्कालीन एमालेको कोटोबाट मन्त्री बनेका थिए । यसअघि मन्त्रीका लागि चर्चा चलेका तत्कालीन माओवादी केन्द्रका कुमारी मोक्तान, प्रेमबहादुर पुलामी र एमालेका मुनु सिग्देललगायत फेरि पनि चर्चामा आउन थालेका छन् । यी तीनै प्रदेश सांसद् मकवानपुरका हुन् । मन्त्रालयको काम छिटो गर्न धेरै पटक मुख्यमन्त्री पौडेलले निर्देशन दिए पनि काममा तदारुकता देखाउनुको साटो मुखमुखै लागेको भन्दै स्थापितलाई बर्खास्तीमा परेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : ११ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।