२०८३, ७ कार्तिक शनिबार

स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप सुरू

स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप सुरू


काठमाडौं , कात्तिक १८ : प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेकाे भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् । प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफैले लिएका छन् ।

मन्त्रालयको काम आफैले गर्ने र भौतिक पूर्वाधार विकासका कामको गति बढाएर मात्र नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री पौडेलले स्पष्ट पारे । भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितलाई शुक्रबार बर्खास्त गरेपछि मन्त्री बन्न नेकपाभित्र पार्टी नेतृत्वमा लबिङ सुरु भएको छ । तर, तत्काल मन्त्री नियुक्त नगर्ने सोचमा मुख्यमन्त्री पौडेल देखिएका छन् । मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप गरिरहेको समयमा तत्काल मन्त्री नियुक्त नगरी आफैले कामलाई प्राथमिकता दिने बताए ।

पौडेल यहीँ मन्त्रालयबाट करिब १५ अर्ब रुपैयाँ खर्च गरेर विकासका कामको गति अगाडि बढाउने सोचमा छन् । मुख्यमन्त्रीको प्रदेश सरकारलाई अगाडि बढाउने पहिलो इच्छा हो । मन्त्रालयहरुले गरेको कामका विषयमा सबैजसो मन्त्रालयमा निरन्तर अनुगमन गरिहेका मुख्यमन्त्री पौडेलले मन्त्रालयमा नबस्ने, बसे पनि काम भन्दा कुरा धेरै गर्ने, प्रदेशको सबभन्दा धेरै रकम खर्च गर्नुपर्ने मन्त्रालयले काम नगरेपछि मन्त्री स्थापितबाट असन्तुष्ट थिए ।

स्थापित तत्कालीन एमालेको कोटोबाट मन्त्री बनेका थिए । यसअघि मन्त्रीका लागि चर्चा चलेका तत्कालीन माओवादी केन्द्रका कुमारी मोक्तान, प्रेमबहादुर पुलामी र एमालेका मुनु सिग्देललगायत फेरि पनि चर्चामा आउन थालेका छन् । यी तीनै प्रदेश सांसद् मकवानपुरका हुन् । मन्त्रालयको काम छिटो गर्न धेरै पटक मुख्यमन्त्री पौडेलले निर्देशन दिए पनि काममा तदारुकता देखाउनुको साटो मुखमुखै लागेको भन्दै स्थापितलाई बर्खास्तीमा परेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना