२०८३, १५ कार्तिक आईतबार

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित


काठमाडौं , कात्तिक १८ : सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टरचढेर । त्यतिेले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थागित भयो । कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो ।

प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए ।शनिवार विदा भएकोले शनिवार तीन खेल थिए, दर्शकको भिड थियो । तर, सबैलाई धपाएर खाली बनाएको मैदानमा रक्षामन्त्री ओर्लिए र पार्टीको कार्यक्रममा तीन घन्टा १० मिनेट बिताए ।

रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा मुख्य खबर रहेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : ४५ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक