२०८३, ९ कार्तिक सोमबार

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे


काठमाडौँ, १७ कात्तिक: चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक÷एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बङ्गलादेशले बाजी मा¥यो । खेलमा शुरुआती अग्रता बङ्गलादेशले लिएको थियो । खेलको २७ औँ मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बङ्गलादेशले अग्रता बनाएको थियो । तर, खेलको ५४ आँै मिनेटमा पाकिस्तानले मोहिब उल्लाहको गोलको मद्दतले खेल बराबरीमा ल्याएको थियो ।

प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने । यस्तै चार गोल गर्दै बङ्गलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए । बङ्गलादेशले फेयरप्ले टोलीको अवार्ड समेत हात परेको छ । अन्तिम खेल हेर्न नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी विन्टे शाम्स पनि एन्फा मैदान सातदोबाटो पुग्नुभएको थियो । विजेता टोलीलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

मनाङ मस्र्याङ्दी क्लबलाई गभर्नस गोल्डकपको उपाधि
यसैगरी मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सिक्किमको पाल्जोर रङ्गशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङको जितमा एकमात्र गोल सुजल श्रेष्ठले खेलको ८१ औँ मिनेटमा गरेका थिए ।

क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई दुईका विरुद्ध चार गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटिकेलाई दुईका विरुद्ध छ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । दशैँअघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी शुरुआत गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोलीसमेत हो । प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ८ : ४९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि