२०८३, १६ आश्विन शनिबार

विद्यालय क्रान्तिको बारुदखाना : बिजुक्छे

विद्यालय क्रान्तिको बारुदखाना : बिजुक्छे


भक्तपुर, १७ कात्तिक : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विद्यालयहरू क्रान्तिको बारूदखाना भएको बताउनुभएको छ । तीनदिने नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले विद्यालयहरू क्रान्तिको बारूदखाना भएकाले देश र राष्ट्रियताको पक्षमा विद्यार्थीलाई सैद्धान्तिकरूपले तयारी गर्नुपर्ने बताउनुभयो ।

बिजुक्छेले शिक्षकले हरेक दिन विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक देशभक्तिपूर्ण भावना जगाउने र विस्तारवाद एवं साम्राज्यवादको विरोधमा सचेत गराउनु पर्छ, पाठ्यपुस्तकमा भएका हरेक विषयवस्तुलाई माक्र्सवादी आँखाबाट केलाई सही ज्ञान विद्यार्थीलाई दिन शिक्षक अग्रसर हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले संविधानमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गरे पनि निजी विद्यालयलाई यथावत् राखेर जनतालाई धोका दिएको आरोप लगाउनुभयो । सो अवसरमा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईँ, अर्का सांसद सृजना सैंजु, नेक्राशि सङ्घका केन्द्रीय संयोजक ज्ञानसागर प्रजापतिलगायतले विद्यालय शिक्षा निःशुल्क हुनुपर्नेमा जोड दिनुभयो ।
–रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : ४५ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र