२०८३, ३० आश्विन शनिबार

पाँच वर्षभित्रमा सबै प्रतिबद्धता पूरा गर्छौं : मन्त्री बस्नेत

पाँच वर्षभित्रमा सबै प्रतिबद्धता पूरा गर्छौं : मन्त्री बस्नेत


गोरखा, १७ कात्तिक: गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले पाँच वर्षभित्रमा सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखा नगरपालिका– ३ ले नारेश्वरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “निर्वाचनका बेला जनतासँग जे प्रतिबद्धता गरेका छौँ, पाँच वर्षभित्रमा पूरा गर्छौं ।”

मन्त्री बस्नेतले सङ्घ, प्रदेश र स्थानीय सरकारले मिलेर समृद्ध नेपालको परिकल्पना पूरा गर्ने बताउँदै “जनताका कतिपय अपेक्षा अहिले नै पूरा भएका छैनन्, त्यो स्वाभाविक हो तर सरकारले केही गर्नै सकेन भन्नु गलत हो”, भन्नुभयो ।

“सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी बिजुली लगायतका सबै आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर समृद्ध नेपालको विकासका निम्ति काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको नारालाई ध्यानमा राखेर सरकारले बजेट ल्याएको छ, त्यसको कार्यान्वयन भर्खरै शुरु भएकाले बल्ल जनताले अब परिवर्तनको महसुस गर्न पाउने छन् ।”

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : ४० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा