२०८२, १२ फाल्गुन मंगलबार

बजार हिस्सा गुमाउँदै उत्कृष्ट कम्पनी

बजार हिस्सा गुमाउँदै उत्कृष्ट कम्पनी


काठमाडौँ, १० कात्तिक: शेयर बजार निरन्तर ओरालो लागेपछि शीर्ष स्थानमा रहेका कम्पनीले समेत बजार पूँजीकरणमा आफ्नो हिस्सा गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको दश उत्कृष्ट कम्पनीमध्ये अधिकाँशले यस साता बजारमा आफ्नो हिस्सा गुमाएका हुन् ।

नेपाल टेलिकमले यस साता रु एक अर्ब बराबरको बजार पूँजीकरण हिस्सा गुमाएको छ । टेलिकमको यस साता रु एक खर्ब १६ अर्ब २५ करोड बजार पूँजीकरण रहेको छ । साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा नै रहेको छ । गत साता टेलिकमको हिस्सा रु एक खर्ब १७ अर्ब थियो ।
यस्तै दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु ७६ अर्ब चार करोड ५१ लाख ८० हजार रहेको छ । सामान्यत उक्त बैंक पनि शीर्षमध्ये दोस्रो स्थानमा नै रहँदै आएको छ । सो बैंकले पनि यस साता ८० करोड बराबरको हिस्सा गुमाएको छ ।

स्टकका अनुसार तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण मूल्य रु ६७ अर्ब ६९ करोड ३ लाख ९५ हजार ४०९ रहेको छ । यस्तै चौथो स्थानमा स्ट्याडर्ड चार्टड बैंक छ । सो बैंकको रु ५५ अर्ब ३५ करोड ८९ लाख ९० हजार बराबरको बजार पूँजी छ । यो बैंकले समेत बजारमा केही हिस्सा गुमाएको छ ।

पाँचौँ स्थानमा एभरेष्ट बैंक रहेको छ । सो बैंकको रु ५० अर्ब १६ करोड ७८ लाख ९८ हजार १२५, छैटौँ स्थानमा रहेको हिमालयन बैंकको रु ४४ अर्ब ५४ करोड ७० लाख , सातौँ स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४० अर्ब ९७ करोड ९३ लाख ७० हजार बराबरको बजार पूँजीकरण रहेको छ । त्यस्तै आठौँ स्थानमा नेपाल एसबीआई बैंकको रु ३८ अर्ब ९४ करोड ७० लाख २० हजार, नवौँ स्थानमा रहेको एनआईसी एशिया बैंकको रु ३३ अर्ब ७३ करोड ६ लाख ९० हजार र दशौँ स्थानमा रहेको एनएमबी बैंकको रु ३० अर्ब ६९ करोड ६ लाख ८० हजार बराबरको बजार पूँजीकरण रहेको छ ।

शेयर कारोवारका आधारमा यस साता वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु नै अग्रस्थानमा रहेका छन् । स्टकका अनुसार प्रभु, गुराँस फाइनान्स लिमिटेडको प्रमोटर शेयर, जनता बैंक, मेघा बैंक, एनआईसी बैंक, सिभिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, कुमारी बैंक र एनएमबी बैंक रहेका छन् । यस्तै शेयर सङ्ख्याका आधारमा कालिका पावर कम्पनी एक हजार ४८४, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड एक हजार २१, प्रभु बैंक ६७८, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ६६०, नाडेप लघुवित्त वित्तीय संस्था ६०८, मेघा बैंक ५८३, जनता बैंक ५०२, बुटवल पावर कम्पनी ४६३, एनएमबी बैंक ४३६, एनआईसी एशिया बैंकको ४२६ कित्ता शेयर कारोवार भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ५ : ५८ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले