२०८३, २२ भाद्र मंगलबार

नेकपाका नेता शर्माले बनेपमा के भने हेर्नुहोस्

नेकपाका नेता शर्माले बनेपमा के भने हेर्नुहोस्


बनेपा, १६ कार्तिक : नेकपाका नेता जनार्दन शर्माले समृद्ध नेपाल निर्माणका लागि युवालाई उत्पादन र समाज निर्माणका बाटोमा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा पूर्वजनमुक्ति सेना नेपाल प्रतिष्ठानले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “युवालाई राष्ट्र निर्माणको काममा लगाउन तीन वटै तहका सरकारले योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्दछ ।”

पूर्वमन्त्रीसमेत रहनुभएका नेता शर्माले स्थानीय तहका सरकारले आफ्नो क्षेत्रभित्रका भूमि, जल, जङ्गललगायत सबै स्रोत परिचालन गर्ने खालका योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिदैं आत्मनिर्भर र स्वाधीनताको रक्षा अभियानमा लाग्नु सबैको कर्तव्य हो भन्नुभयो ।

विगतमा पनि राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न लडाइँ लडेको र अहिले पनि त्यसलाई पूर्णता दिनका लागि भएका र गरेका त्रुटिलाई सच्याउँदै फेरि पनि सबै जना मिलेरसँगै लड्न पूर्वजनमुक्ति सेनालाई आग्रह गर्दै उहाँले पार्टी एकता पनि अर्को सङ्घर्ष हो, त्यसलाई पूर्णता दिन सकेको छैन, त्यसका लागि पुनः सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्नुभयो ।

नेता शर्माले विश्वभरि कम्युनिष्टको दुई तिहाइ बहुमत भयो भनेर तरङ्गित छ, त्यसलाई असफल बनाउन कसरी घेराबन्दी गर्ने भनेर लागिरहेको अवस्थामा उपलब्धिको रक्षाका लागि सम्पूर्ण युवा सचेत रहनुपर्ने बताउँदै संविधानमा उल्लेख गरेका कुरालाई पूर्णता दिन बाहिर रहेका विप्लव, किरण र मोहनविक्रमलाई पनि एक ठाउँमा आउनका लागि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “वैधानिकरुपमा आज धेरै काम गर्न सक्ने ठाउँमा हामी छौँ, कुन बाटोबाट जाने हो, आउनुहोस् कुरा गरौँ ।”

नेकपाका नेता सूर्यमान दोङले जनयुद्धबाट अहिलेको अवस्थासम्म आइपुग्दा धेरै उपलब्धि प्राप्त गरेकाले त्यसको रक्षाका लागि युवा एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।

सांसद गङ्गाबहादुर तामाङले अब गुनासोभन्दा पनि समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ३ : ४७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको