२०८२, २६ असार बिहीबार

फूल प्रदर्शनीमा रु ३३ लाखको कारोवार

फूल प्रदर्शनीमा रु ३३ लाखको कारोवार


काठमाडौँ, १६ कात्तिक : बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा रु ३३ लाखको बारोबार छ । प्रदेश नं ३को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीको २५ हजारले मेला अवलोकन गरेका र रु ३३ लाखको कारोबार भएको थियो।

फ्लोरीकल्चर एसोसियशनका अध्यक्ष अध्यक्ष कुमार कसजु (श्रेष्ठ) का अनुसार आगामी आइतबारसम्म सञ्चालन हुने उक्त मेलामा रु ४५ लाख बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि लक्ष्य भन्दा माथि रु ७० लाखसम्म आम्दानी हुनसक्ने बताउनुभयो । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएको छ ।

प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । ‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका थिए।

पुष्प व्यवसाय प्रवद्र्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादन गर्न टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । विसं २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक वर्ष २०७४÷०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भइसकेको छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : ४३ बजे

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार